१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अर्काको तस्बिर दुरुपयोग गरी हिन्दुविरुद्ध गतिविधिमा संलग्न यी को हुन् ?


October 25, 2023
83
Shares

काठमाडौं, ८ कात्तिक । पछिल्लो समय हिन्दु धर्ममाथि आक्रमण गर्न सामाजिक सञ्जालको दुरुपयोग गरिएको खुल्न थालेको छ । संगठित गिरोह नै लागेर फेडक आइडी बनाउने र ग्रुपहरुमार्फत् भ्रामक र उत्तेजनात्मक पोष्टहरु राख्ने गरेको पाइएको छ ।

फेसबुकमा हरिभक्त उपाध्याय नाम राखेर ऋषि गांगुलीको तस्बिर दुरुपयोग गरेर एक व्यक्तिले हिन्दुविरोधी पोष्टहरु गरिरहेको पाइएको छ । ती व्यक्तिले न्युयोर्कमा बसोबार गरिरहेको र कोलम्बिया विश्वविद्यालयको प्राध्यापक रहेको गलत विवरण फेसबुकमा राखेका छन् ।

आफ्नो विवरणमा नेपालगञ्जको नारायणी हाइस्कुमा अध्ययन गरेको, नेपाल संस्कृत विश्वविद्यालय र कुमार भाष्कर बर्मा संस्कृत विश्वविद्यालयमा अध्ययन गरेको समेत उल्लेख छ ।

एपलमा विगतमा काम गरिसकेका ऋषि गांगुलीको तस्बिर दुरुपयोग गरी साइबर अपराधको साहस गर्ने उनीबारे सुरक्षानिकायले खोजी सुरु गरेको बुझिएको छ । उनको वास्तविकता पत्ता लागिसकेको र सामाजिक सद्भाव भड्काउने र धार्मिक द्वन्द्वलाई मलजल दिने संगठित समूहमा आवद्ध रहेको खुलेको छ । ती व्यक्तिको आतंकवादी समूहसँग समेत सम्बन्ध रहे नरहेको बारे खोजी चलिरहेको बुझिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया